Showing posts with label Angry. Show all posts
Showing posts with label Angry. Show all posts

Friday, October 3, 2008

Bhairav (श्रीभैरव)


श्रीभैरव

श्रीभैरवलाई भगवान शंकरको पाँचौ अवतार एवं प्रमथादि गणमध्ये एक मानिन्छ । यो स्वरूप लिएर शिवले नृसिंहलाई वशमा ल्यउनु भएको थियो । शिवको अंश भएका भैरवको शक्तिलाई भैरवी भनिन्छ ।
शुद्ध स्फटिक झै हजारौं सूर्य झौ तेजस्वी, नीलो मेघ समान, नीलप्रभायुक्त ठूला-‍ठूला दाँतले गर्दा भयानक मुख भएका, हिंडदा अनेक शब्द निकाल्ने, सर्पका मेखला धारण गर्ने, अग्निको वर्ण झै केश भएका दिगम्बर, कुमारीश एवं महाबलशाली श्रीभैरव सम्पूर्ण योगिनी, भूत-प्रेत तथा पिशाचको अधिपति हुनुहुन्छ । कालो वर्ण, दश हात र तीन नेत्र भएका श्रीभैरवले हातमा खड्ग, त्रिशुल, पासो, डमरु, खप्पर र वरदमुद्रा धारण गर्नु भएको छ । अत्यन्त क्रोधशाली एवं चौंसठ्ठी योगिनीसंगै नाच्दै हिंडने श्रीभैरवले आफ्नो वाहन कुकुरलाई सधैं साथ लिनु हुन्छ ।
भयङ्कर डरलाग्दो स्वरूप भएका श्रीभैरवलाई भूतनाथ, श्मशानवासी, मांसासी, खर्पराशि, पिंगलोचन, कंकालधारी, कपालमाली, भूतध्यक्ष, दैत्यहा, नागपाश, त्रिलोचन, दिगम्बर, योगिनीपति, आदि हजारौं नामले पुकारिन्छ ।

श्रीभैरवले आफ्नो भक्तहरूलाई सबै आपदबाट उद्धार गर्ने, सम्पूर्ण दुःख नाश गर्ने, सबै शत्रुलाई दमन गरी पीडा दिने, सम्पूर्ण रोग तथा डस-त्रासलाई नाश समन गरी अभय गरिदिनु हुन्छ । यस्ता अत्यन्त बलशाली श्रीभैरवको जसले श्रद्धा एवं प्रशन्नतापूर्वक ध्यान गरेर जप गर्दछ त्यसले बल, तेज, यश, सौभाग्य प्राप्त गर्नु साथै उसको सम्पूर्ण मनकामना पूरा हुन्छ ।

_______________________________
If I am not Posting. 
I may be doing something at these places:

Youtube
Esnips